उद्घोषण तथा आधारभुत पत्रकारिता तालिम शुरु

बैशाख २६, २०७५

तुलसीपुर,२६ बैशाख ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ को आयोजनामा आज देखि युवाहरुका लागी ३ दिने उद्घोषण तथा आधारभुत पत्रकारिता तालिम शुरु भएको छ । वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षता एवं महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङका अध्यक्ष शुष्मा गिरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो ।

सो अवसरमा वडा सदस्य निर्मा चौधरी, वडा सचिव भुवनेश्वर अधिकारी, प्रशिक्षक पत्रकार नारायण खड्का लगायतले बोलेका थिए । कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारिता समाज सुधारको साधक भएकाले विकास निर्माणमा खवरदारी गर्न पनि पत्रकारिताको भुमिका अहम भएको बताएका थिए । वक्ताहरुले विकास निर्माण संगै वडावासीको व्यक्तित्व विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

वडा सदस्य सुवास डांगीको स्वागत मन्तव्यबाट शुरु भएको तालिम उद्घाटन कार्यक्रमको सहजिकरण वडाका कर्मचारी लक्ष्मी चौधरीले गरेकि थिइन । ३ दिने तालिममा पहिलो दिन पत्रकारहरु नारायण खड्का र गोपाल शर्मा भट्राईले प्रशिक्षण दिएका थिए ।

अन्य प्रशिक्षकहरुमा पत्रकारहरु देवेन्द्र वस्नेत, जेएन सागर, शरद रेग्मी, वसन्त परियार लगायतका रहेका छन ।तालिममा अमर मावि उरहरीका विद्यार्थी तथा वडा का विभिन्न गांउका ३० जना प्रशिक्षार्थी सहभागि छन् ।

प्रतिक्रिया दिनुहोस