एक दिने कृषि सम्बन्धी तालिम

 

तुलसीपुर २५ बैशाख ।

तुलसीपुर उपमहानगरपालिका १ भ्युडहर सुनपुरमा एक दिने वडा स्तरीय कृषि सम्बन्धी तालिम शुरु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर १ को आर्थिक सहयोग तथा दलित महिला सञ्जालको आयोजनामा मंगलबार तालिम भएको हो । तालिममा किसानहरुलाई कृषि उत्पादनका बारेमा जानकारी दिईएको छ । वडा नम्बर १ कृषि उत्पादनका लागि उपर्युक्त भएकाले त्यहाँका किसानहरुलाई कृषि सम्बन्धी तालिम दिई कृषि उत्पादनमा बृद्धि गराउने उदेश्य रहेको वडाअध्यक्ष लक्ष्मण भन्डारीले बताए ।‘वडा नंबर १ कृषि उत्पादनको लागि उपयुक्त छ’ उनले भने‘ त्यसैले हामीले यहाँ कृषि उत्पादन सम्बन्धी तालिम दिन लागेका हौं ।’

त्यस अबशरमा वडा सदस्य राधिका न्यौपाने, तिलक हमाल, गौरी नेपाली, खिम बहादुर पुनलगायतले मन्तब्य ब्यक्त गरेका थिए । तालिमको प्रशिक्षकमा कुलराम चौधरी रहेका छन् । सञ्जालका कोषाध्यक्ष बिष्णु बिकले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब ज्ञानु नेपालीले गरेकी थिईन् । तालिममा त्यस क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

https://www.youtube.com/watch?v=xp1wMPA2mkg

 

 

 

 

 

प्रकाशित मिति : २०७५ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया