औषधी वितरणमा शवास्थ्य चौकीको लापरबाही

बैशाख २५, २०७५

तुलसीपुर,२५ बैशाख ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका २ मा रहेको खुंग्री स्वास्थ्य चौकीले औषधी वितरणमा चरम लापरबाही गरेको छ । उपचारका लागि स्वास्थ्य चौकी पुग्नुभएका स्थानीय आशिष भारतीलाई जाँचपछि म्याद गुज्रीएको औषधी दिइएको पाइएको छ । झाडापखाला लागेर स्वास्थ्य चौकी पुग्नुभएका भारतीको स्वास्थ्य जाँचपछि दिइएको टीजोल नामको औषधी म्याद गुज्रीएको औषधी भेटिएको हो ।

म्याद गुज्रेको औषधी दिएपछि भारतीका आफन्तले स्वास्थ्य चौकीमा ताला लगाएका थिए । झाडापखाला निको पार्नका लागि औषधी दिए पनि औषधी सेवन गर्दापनि नरोकीएपछि भारतीलाई थप उपचारका लागि भिंगृमा रहेको निजी मेडिकलमा लगिएको थियो ।

स्वास्थ्य चौकीले दिएको औषधीको म्याद २०१८ मार्च महिनासम्म रहेको छ । लापरबाही गरेको भन्दै स्वास्थ्य चौकीमा तालाबन्दी भएपछि स्वास्थ्य चौकीका कर्मचारीले माफी मागेका छन् । कर्मचारीले गल्ती स्वीकार गर्दै माफी मागेपछि भारतीका आफन्तले ताला खोलेका वडाध्यक्ष नेत्रबहादुर गिरीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस