वडा स्तरिय खेलकुद प्रतियोगिता समापन

सुमन वली,तुलसीपुर,१८ बैशाख ।
तुलसीपुर वडा नं. २ को आयोजनामा सञ्चालन भएको प्रथम वडा स्तरिय खेलकुद प्रतियोगिता आज माबि बालापुरमा समापन भएको छ । वडा अध्यक्ष राजु आचार्यको अध्यक्षतामा प्रतियोगिताको समापन भएको हो ।

स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ सम्पन्न प्रतियोगितामा समापनमा बोल्दै आचार्यले लुकेर बसेका खेलाडिहरुको प्रतिभा उजागर गर्न प्रतियोगिताले थप हौसला प्रदान गरेको बताउनुभएको थियो ।

सो अवसरमा खेल संयोजक राजकुमार केसीले प्रथम वडा स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्नुहुने सबैलाई धन्यबाद ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सन्चारकर्मी सुमन वलीले गरेका थिए । ३ सम्म चलेको प्रतियोगितामा भलिबल तर्फ नवज्योति टोल विकास संस्था नन्द्रागाऊ बालापुर प्रथम, मिलन चोक टोल विकास संस्था झारगाऊ बालापुर द्धितिय र बुद्ध नगर टोल विकास संस्था खैरिपुर तृतिय भएका थिए ।

प्रथम हुनेलाई खस्सी सहित नगद १० हजार प्रदान गरिएको थियो । यस्तै द्धितिय हुनेलाई ६ हजार र तृतिय हुनेलाई ३ हजार सहित प्रमाण वितरण गरिएको थियो ।

यसैगरि रस्साकस्सी तर्फ एकता टोल विकास संस्था प्रथम, नवज्योति टोल विकास संस्था द्धितिय र तकियापुर टोल विकास संस्था तृतिय भएका थिए । त्यस्तै राजारानी र कुर्सी दौड खेलमा एकता टोल विकास संस्था प्रथम भएको थियो भने घैँटाफोर खेलमा बुद्धनगर टोल विकास संस्थाका लिला गिरी प्रथम भएका थिए ।

 

प्रकाशित मिति : २०७५ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया