चट्याङ लाग्दा विद्युतमा लाखौको क्षती

बैशाख १७, २०७५

तुलसीपुर,१७ बैशाख ।
विद्युत वितरण केन्द्र तुलसीपुरमा चट्याङ लाग्दा लाखौको क्षती भएको छ । जस्ले गर्दा गयराति देखि विद्युत अवरुद्ध भएको छ । चट्याङका कारण तुलसीपुरबाट वितरण हुने सल्यान,रुकुम ,रोल्पा लगायतका ठाउहरुमा विद्युत अवरुद्ध भएको वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।

तुलसीपुर बजारको केहि क्षेत्रमा भने विद्युत सुचारु भैसकेको कार्यालयले जनाएको छ । विद्युतको मेन फिडर पिटिमा क्षती पुराएको र नेपालगञ्ज बाट मगाईसकेको कार्यालयको भनाई छ । पिटिलाई २ लाख बढि रुपैया पर्ने जनाइएको छ । यस्तै ठाउ ठाउमा पोल ढलेको र तार चुडिएको हुदा मर्मत कार्य जारी रािखएको छ । उता चट्याङ लागेर बगलाचुलि गाउपािलका ३ बस्ने बर्ष ३४ कि रोवरी बाठा घाईते भएको दाङ प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस