सुकुम्वासि महिलालाई नेतृत्व विकास तालिम

बैशाख १५, २०७५

तुलसीपुर,१५ बैशाख ।
सुकुम्वासि महिलाका लागि नेतृत्व तथा क्षमता विकास तालिम तुलसीपुरमा सुुरु भएको छ । नेपाल महिला एकता समाज दाङ शाखाको आयोजना तथा तुलसीपुर उपमहानगरको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । तिन दिन सम्म चल्ने तालिमको एक कार्यक्रमका विच आज उद्घाटन गरीएको छ ।

समाजकि अध्यक्ष यमुना परियारविशिष्ठ आतिथ्यमा कार्यक्तम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले सुुकुम्बासीको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताएका थिए । उनिहरुको समस्यालाई छानविन गरि अघि बढ्ने उनको भनाई थियो ।

हरेक हिसावले पछाडि पारिएका महिलाहरुलाई अघि बढाउन यस्ता तालिमले महत्व राख्ने उनले बताएका थिए । तालिममा महिलाको नेतृत्व विकास सगै सुकुम्बासिको अधिकारका बारेमा छलफल समेत हुने छ । कार्यक्रमको सहजिकरण सन्तोष चनाराले गरेका थिए । यसैविच,महिला एकता समाजले सुकुम्वासिको हकहित र महिलाको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपुर्ण भुमिका खल्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस