दाङमा १८ जनाले मतदाता नामावली बनाए

तुलसीपुर,१२ बैशाख ।

दाङमा हाल सम्म १८ जनाले मतदाता नामावली बनाएका छन् । गत बैशाख २ गतदेखि सुरु गरीएको जिल्ला निर्वाचन कार्यालयमा हाल सम्म पुरुष १३ जना र महिला ५ जनाले मतदाता नामावली बनाएको जिल्ला निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुंवरले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले सात वटै प्रदेशको क्षेत्रीय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन गर्ने अभियान अन्र्तगत दाङमा पनि मतदाता नामावली संकलन कार्य भईरहेको छ ।

उनका अनुसार आयोगको अर्को सुचना जारी नहुदा सम्म निरन्तर नामावली संकलन कार्य जारी रहने बताईएको छ । मतदाताको विवरण अद्यावधिक नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन पनि सकिने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख १२ गते बुधवार
प्रतिक्रिया