अध्यक्ष बुढाथोकीलाई मातृ शोक

बैशाख ११, २०७५

तुलसीपुर, ११ बैशाख ।

तुलसीपुर जीप तथा माईक्रो मिनिबस बस व्यवसायी समितिका अध्यक्ष पवनराज बुढाथोकीलाई मातृ शोक परेको छ । बुढाथोकीकी ममतामयी आमा पार्बती बुढाथोकीको ५७ बर्षको उमेरमा सोमवार उपचारको क्रममा काडमाण्डौमा निधन भएको हो । बुढाथोकीको सोमवार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरीएको पारिवारीक स्रोतले जनाएको छ ।

त्यसैविच तुलसीपुर जीप तथा माईक्रो मिनिबस बस व्यवसायी समितिले अध्यक्ष बुढाथोकीकी ममतामयी आमाको निधन प्रति दुःख व्यक्त गरेको छ । समितिका कावा अध्यक्ष डिल्लीराज भण्डारी, काल्याणकारी सचिव निमकुमार श्रेष्ठले विज्ञप्ती प्रकाशित गरी दुःख व्यक्तगरेका हुन ।

दुःखको घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गदै शोकसन्तप्त परवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भनी समवेदना प्रकट समेत गरीएको छ

प्रतिक्रिया दिनुहोस