गाई काटेको आरोपमा ३ जना पक्राउ

तेह्रथुम, वैशाख १० ।  

तेह्रथुमको छथर गाउँपालिका–६, सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गाई काटेर मासु खान लागेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी ओख्रेले छथर गाउँपालिका–६, का ३० वर्षीय शान्त लिम्बू, ४५ वर्षीय प्रेम लिम्बू र उनका छोरा १६ वर्षीय सुमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुलाई गाई काटेको मासुसहित पक्राउ गरी थप अनुसन्धानका लागि सोमबारै इलाका प्रहरी कार्यालय वसन्तपुर ल्याइएको छ । उनीहरुले आइतबार राति गाई काटेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश कोइरालाले बताउनुभयो ।

प्रकाशित मिति : २०७५ बैशाख १० गते सोमवार
प्रतिक्रिया