छतबाट खसेर तुलसीपुरका व्यवसायीको मृत्यु

बैशाख १०, २०७५

तुलसीपुर, १० बैशाख

घरको तेस्रो तलाबाट खसेर तुलसीपुरका एक व्यवसायिको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ स्थित कपडा व्यवसायि बिरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पसल वन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा घरको तेस्रो तलाको रेलिङबाट वली खसेको पारिवारीक श्रोतले बताएको छ ।

तेस्रो तलाबाट सडकमा खसेपछि गम्भिर घाइते वलीको तुलसीपुरको अंचल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको थियो ।वली आइतबार साँझ खसेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस