अनेरास्ववियूको भेला तथा प्रशिक्षण

बैशाख ०९, २०७५

तुलसीपुर,९ बैशाख ।
अनेरास्ववियू महेन्द्र बहुमुखि क्याम्पस कमिटिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पस कमिटिका अध्यक्ष गोविन्द बस्नेतको अध्यक्षता तथा उप क्याम्पस प्रमुृख सुदर्शन रीजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले संगठनलाई थप सुदृढ बनाउनका लागि सबै लाग्नुपर्नेमा जोड दिएका थिए । उनिहरुले क्याम्पसलाई प्रदेश कै नमुना क्याम्पस बनाउन लागि पर्ने बताएका छन । साथै सबै संगठनले आ आफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताएका छन ।

कार्यक्रममा नँयाबर्ष २०७५ को शुभकामना समेत आदानप्रदान गरिएको थियो । सो अवसरमा अनेरास्ववियूका नेताहरु सर्जन परियार, अभिषेक विएम,विराज डिसी,अखिल क्रान्तीकारीका अनिल केसी लगायतले बोलेका थिए । राम बहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संगित अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस