राप्ती शान्ति उद्यानको अध्यक्षमा भण्डारी

बैशाख ०८, २०७५

तुलसीपुर ८ बैशाख
तुलसीपुर–७ स्थित राप्ती शान्ति उद्यान (गणेसपुर पार्क) ले लामो समयपछि नयाँ नेतृत्व पाएको छ । श्रीगणेसपुर सामुदायिक वन उपभोक्ता समूहको शनिबार बसेको विशेष साधारणसभाले डिल्लीराज भण्डारीको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको सचिवमा जनक भण्डारी, कोषाध्यक्ष इन्दीरा रिजाल, सदस्यमा बालाराम रेग्मी, बिरबहादुर बस्नेत, भक्तिराम भण्डारी, टुकलाल भण्डारी, मेघबहादुर महतारा र ताराबहादुर मण्डारी रहनुभएको छ । निवर्तमान अध्यक्ष टोपबहादुर केसीले राजीनामा दिएपछि विगत करिब चार महिना देखि उद्यान समिति विहिन हुदै आएको थियो ।

राप्ती शान्ति उद्यान श्रीगणेसपुर सामुदायिक वन मातहत पर्दछ । केहि दिन अघि नेकपा एमाले, नेपाली कांग्रेस, एकीकृत माओवादी, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगाएत विभिन्न दल सम्मिलित सर्वदलिय बैठकले सर्वसहमत रुपमा गरेको नर्णयलाई विशेष साधारणसभाले अनुमोदन गरेको हो ।

सामुदायिक वन उभपभोक्ता समूहका अध्यक्ष नारायण पन्थीको अध्यक्षाता एव. ७ न.ं वडा अध्यक्ष टोपबहादुर केसीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । सो अवसरमा चित्रा मल्ल, नेकपा एमालेका लोकमणी पन्थी, नेपाली कांग्रेसका प्रेम केसी, नेपाल कम्युनिष्ट पार्टीका भद्रसिंङ वली, केदार गोराथोकी लगाएतले बोलेका थिए ।

अध्यक्ष भण्डारीलाई सम्मान

यसैविच नेकपा एमाले ७ नम्बवर वडा कमिटीले राप्ती शान्ति उदानका अध्यक्ष डिल्ली भण्डारीलाई सम्मान गरेको छ । पार्टीको तर्फबाट राप्ती शान्ति उद्यानमा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको भन्दै एका कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो ।

वडा कमिटीका अध्यक्ष प्रेमचन्द्र गैरेको अध्यक्षता एवं नेकपा एमाले जिल्ला कमीटी दाङका अध्यक्ष टिकाराम खड्काको प्रमुख आथित्यमा सम्मान कार्यक्रम भएको थियो । सो अवसरमा नेकपा एमाले तुलसीपुर नगर इन्चार्ज पदम केसी, नेपाल यातायात राष्ट्रिय महासंघका केन्द्रिय सदस्य भुवन भुसाल, अनेरास्वीयु दाङका अध्यक्ष बिरबल खड्का, पिताम्बर रिजाल, लोकमणी पन्थी लगाएतले बधाई तथा शुभकामना व्यक्त गर्दै सफलता पूर्वक आफुले पाएको जिम्मेवारी निर्भाह गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस