पश्चिम दाङका विद्यार्थिलाई शैक्षिक सामग्रि

तुलसीपुर,७ बैशाख ।
रोटरी क्लब अफ तुलसीपुर सिटिले कक्षा १, २ र ३ मा अध्ययनरत २८ जना बालबालिकाहरुलाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण गरेको छ । रोटरी नेपाल साक्षरता अभियान अन्तर्गत रोटरी क्लबको टिच कमिटीले आदर्श आधारभुत नि.मा.बि. धनौरी, काशिपुरमा पुगेर उक्त सामग्री वितरण गरेको हो ।

क्लबका पूर्व अध्यक्ष तथा टिच कमिटिका संयोजक बिजय केसीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी ईन्टरनेशनल डिस्ट्रिक ३२९२ जोन १८ का असिस्टेन्ट गभर्नर कुशल तर्ताल, रोटरी क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष तुफानबाबु श्रेष्ठ लगायतले बोलेका थिए ।

बालबालिकाहरुलाई स्कुल जाने बेला हौसला र प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सामग्री वितरण गरेको बताइएकोे छ । टिच कमिटिका सचिब राजिव वलीको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको संचालन क्लबका महासचिब सन्दिपन रिजालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया