मोटरसाईकल चोरी गर्ने गिरोहलाई प्रहरीद्धारा सार्वजनिक

लक्ष्मण विश्वकर्मा
तुलसीपुर ,७ बैशाख
मोटरसाईकल चोरी गर्ने गीरोहलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । दाङको विभिन्न स्थानबाट चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरीएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि प्रकास सापकोटाले पत्रकार सम्मेलनमा जानकारी दिदै नियमित सवारी चेकजाँच गर्ने क्रममा बैशाख ४ गते साँझ बेलुवामा कृष्ण घर्ति र कृष्ण वली सवार मोटरसाईकललाई चेकजाँच गर्दा कागजपत्र नभएकोे मोटरसाईकल बरामद गरेपछि सोधपुछ गर्दा चोरी भएको भन्ने थाहा भएको बताएका छन् । उनीहरुले रोल्पामा लगेर २५ हजार देखी ५० हजार रुपैया सम्म विक्रि गर्ने गरेको डिएसपि सापकोटाले बताएका छन् ।

पक्राउ पर्नेहरुमा तुलसीपुर ८ टिकरीका २० वर्षिय कृष्ण घर्ति र सोहि ठाउँका २० वर्षिय कृष्ण वली चोरीमा संलग्न भएका व्यक्ति रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि सापकोटाले जानकारी दिएका छन् ।त्यस्तैगरी मोटरसाईकल खरिद विक्रिमा संलग्न रहेका रोल्पा त्रिबेणी गाउपालिका वडा नं. ७ बस्ने भानु केसी, रोल्पा गंगादेवी गाउपालिका वडा नं. २ ओईलाम बस्ने भुपाल वली,वडा नं. ७ बस्ने भिजन बुढाथोकी पनि पक्राउ परेका छन् ।

यस्तै चोरीमा संलग्न रहेका तुलसीपुर २ का खगेन्द्र गिरी, तुलसीपुर ८ वस्ने केशव भण्डारी र सोहि ठाउँका कुलानन्द वली भने फरार रहेका छन् । डिएसपि सापकोटाका अनुसार तुलसीपुर ३ राम्री,खैरीपुर,तुलसीपुर ८ बटोलपुर र मनिकापुरबाट रातको समयमा चोरी गरेको पाइएको छ । उनीहरुले पटक पटक मोटरसाईकल चोरी गरेकै कारण उनीहरुलाई मुलुकी ऐन चोरीको महल अनुसार पटके कायम गरी सजाय र मोटरसाईकल मुल्यको आधारमा बिगो कायम गरी जरिवाना हुने डिएसपि सापकोटाले बताएका छन् ।

तुलसीपुर क्षेत्रमा मोटरसाईकल हराएको केहि फुटफाट घटना भएपनि यति धेरै ठुलो परमाणमा मोटरसाईकल चोरी भएको यो पहिलो पटक भएको कार्यालयले बताएको छ । यस्ता चोरीको घटना हुन नदिन सवारीधनी पनि सचेत हुनुपर्ने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७५ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया