व्यरोजगार शिक्षाको काम छैन : केसी

तुलसीपुर, ५ बैशाख

प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले घरमा गएर बस्ने व्यरोजगार शिक्षाको काम नभएको बताउनु भएको छ । वैज्ञानीक र व्यवहारीक शिक्षा नहुँदा उच्च शिक्षा हासील गरेका हजारौ युवाहरु अहिले पनि विदेशी भूमिका श्रम र पसीना बगाउन बाध्य भएको भन्दै प्रतिनिधि सभा सदस्य केसीले रोजगारमुखी शिक्षाको आवश्यकता रहेको बताउनुभयो ।
माध्यामिक विद्यालय तुलसीपुर सेन्टेरले आयोजना गरेको विद्यालय भर्ना तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य केसीले यस्तो बताउनुभएको हो ।
‘३/४ बर्ष सम्म ग्यारेजमा काम गरेको व्यक्तिले जहाँ गएपनि मज्जाले काम पाउँछ, उसलाई पैसाको तनाव हुँदैन,’ केसीले भन्नभयो, ‘ तर १०/१५ बर्षसम्म पढेको व्यक्तिले जागीर नपाएर भौंतारीएको हुन्छ यो हाम्रो कस्तो शिक्षा हो ?’ शिक्षालाई समयानुल परिवर्तन गर्न नसके व्यरोजगार युवाको संख्या झनै बढ्ने भन्दै सरकारले यस विषयमा ठोस रुपमा कमद चाल्ने बताउनुभयो ।
फरक प्रसंगमा केसीले शिक्षालाई अनिवार्य निशुल्क वनाउन निर्देशन दिनुभएको छ । नेपालको संविधानमा माध्यामिक तहसम्म निशुल्क शिक्षाको व्यवस्था भएपनि अटेरी गरेको भन्दै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सामुदायिक विद्यालयलाई निर्देशन दिनुभयो ।
‘तपाईहरुको सेवासुविधा र विद्यालयको भौतिक पूर्वाधार विकासका लािग सरकारले व्यवस्था गर्छ,’ सदस्य केसीले भन्नुभयो, ‘सरकारको निशुल्क पठपाठनको नीतिलाई कार्यान्वयनमा सहयोग पु¥याउनुहोस नकि शुल्क लिएर होइन ।’

यसैविच प्रतिनिधि सभा सदस्य केसीले कक्षा १ मा पढ्ने सविना नेपाली र ४ कक्षामा पढ्ने सीवराम मल्ललाई कक्षा १० सम्म पढ्न लाग्ने सबै खर्च व्यहोर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । दुवै छात्रछात्रालाई पोशाक, शैक्षिक साम्रगी दिएर भर्नाको औपचारीक अभियान सुरु गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिखतराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका अन्र्गत शिक्षा समिति संयोजक देवराज विश्वकर्मा, वडा नं. ६ का वडाध्यक्ष नवराज लामीछाने लगाएते बोलेका थिए ।
निमित्त प्रधानाध्यापक भोला पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षीका रमा आचार्यले गर्नुभएको थियो ।

 

 

 

प्रकाशित मिति : २०७५ बैशाख ५ गते बुधवार
प्रतिक्रिया