प्रेस चौतारी दाङको अध्यक्षमा जेएन

बैशाख ०३, २०७५

तुलसीपुर,३ बैशाख ।
प्रेस चौतारी नेपाल दाङ शाखाको अध्यक्षमा जेएन सागर निर्वाचित भएका छन । आठौ अधिबेशनबाट गठित अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिको घोषणा गरेको हो । त्यसैगरी उपाध्यक्षमा ईन्द्र डिसी,सचिबमा प्रेम बहादुर राम्जा,कोषाध्यक्षमा दशरथ घिमिरे र सह सचिबमा सुधासुमन ढकाल निर्वाचित भएका छन ।

१५ सदस्यीय कार्यसमति रहेको सदस्यहरुमा माधव कडेल, बसन्त परियार,किरण गौतम,शिवराज पन्थी,बालकृष्ण पाण्डे,विमला घर्ति,रमा पोखरेल, दिप्तीशिखा चौधरी,शिव घर्ति र नगेन्द्र चौधरी निर्वाचित भएका छन । अध्यक्ष मण्डलका अध्यक्ष सविन प्रियासनको अध्यक्षता तथा एमालेका जिल्ला उपसचिब सुरामणि बेल्वासेको प्रमुख आतिथ्यमा घोषणा कार्यक्रम भएको थियो ।

सो अवसरमा एमाले दाङका प्रचार विभाग प्रमुख शरद अधिकारी,प्रेस चौतारी दाङका निवर्तमान उपाध्यक्ष संगित बस्याल ,नवनिर्वाचित अध्यक्ष जेएन सागर लगायतले बोलेका थिए । उक्त कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष जेएन सागरले पत्रकारहरुको क्षमता विकास गरी संगठनलाई मजबुद बनाउने बताएका थिए ।

उक्त कार्यक्रमको सहजिकरण अध्यक्ष मण्डलका सदस्य दुर्गालाल केसीले गरेका थिए । चौतारीको अधिबेशनको उद्घाटन चैत ३० गते भएको थियो । यसैविच चौतारी दाङको पद हस्ताण्तरण तथा सपथ ग्रहण कार्यक्रम बैशशाख ५ गते हुने भएको छ । पत्रकार महासंघको हलमा दिउसो १२ बजे उक्त कार्यक्रमको आयोजना गरीएको छ ।

प्रतिक्रिया दिनुहोस