तुलसीपुर – १९ मा खेलकुद सामग्री वितरण

बैशाख ०२, २०७५

तुलसीपुर ,२ बैशाख ।
तुलसीपुर उप महानगरपालीका वडा नं. १९ मा खेलकुद सामाग्री वितरण गरीएको छ । वडाका युवाहरुलाई खेल क्षेत्रमा आकर्षित गर्न युवा सञ्जालले खेलकुद सामाग्री वितरण गरेको हो । युवा सञ्जालका अध्यक्ष पवन पौडलको अध्यक्षता एवं तुलसीपुर उपमाहानगपालीका वडा नं. १९ का वडा सदस्य केशर वहादुर पुनको अध्यक्षतामा भएको खेलकुद सामाग्री विरतण कार्यक्रममा वोल्ने वक्ताहरुले स्वास्थ्यका लागी र राष्ट्रका लागी पनि त्यतिकै महत्व रहेको भन्दै खेल क्षेत्रको विकासमा युवा सञ्जाल लाग्न सुझाव दिएका थिए ।

तुलसीपुर १९ को सहयोगमा सञ्जालले वडामा रहेका १७ समुहलाई फटवल, भलीवल, नेट वितरण गरेको सचिव तुल्सीराम वलीले जानकारी दिनुभएको छ । सञ्जालका उपाध्यक्ष देवेन्द्र खड्काको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा नेपाली कांग्रेसकी पुष्पा डाँगी, माओवादी केन्द्रका हरी वहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका तुलसीपुर उपमहानगरका संयोजक नन्दाराम रोका, दलित सञ्जालका तेजेन्द्र विश्वकर्मा, महीला सञ्जालकी तुलसी घर्ति लगाएतकाले वोल्नु भएको थियो भने सञ्चालन सञ्जालका सचिव तुल्सीराम वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस