पढाईबाट बञ्चित बिद्यार्थीहरुलाई शैक्षिक सामग्री

बैशाख ०२, २०७५

तुलसीपुर, २ बैशाख ।

पश्चिम दाङका ६० भन्दा बढी बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सामाग्री किन्न सक्ने हैसियत नभएकै कारण पढाईबाट बञ्चित हुने गरेका ६४ जना बिद्यार्थीहरुलाई आईतबार शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । तुलसीपुर, ववई, शान्तिनगर, दंगीशरण गाउँपालिकामा रहेका ती बिद्यार्थीहरुलाई सहयोग गरिएको सिस्टर होम संस्था तुलसीपुरका अध्यक्ष स्यानी चौधरीले बताईन् ।

उनका अनुसार कक्षा १ देखि १० सम्म पढ्ने ५० र उच्च शिक्षा अध्ययन गर्ने १४ जनालाई सहयोग गरिएको हो । उनीहरु कपी, कलम, ड्रेस अभावकै कारण बिद्यालय जानबाट बञ्चित हुन नपरोस् भनेर शैक्षिक सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष चौधरीले बताईन् । सिस्टर होमको आयोजना तथा रेवा रिचार्डन युएसएको सहयोगमा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम भएको हो ।

प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसी र तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ का अध्यक्ष नबराज लामिानेले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।  संस्थाकी अध्यक्ष स्यानी चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य केसीको प्रमुख आतिथ्य एबं वडा नंबर ६ का अध्यक्ष लामिछानेको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि केसीले आर्थिक अभावकै कारण कुनै पनि बालबालिका बिद्यालय जानबाट बञ्चित हुननहुँने बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि लामिछानेले अनाथ बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुने बताए । माया चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण निर्मला महताराले गरेकी थिईन् । साथै त्यस अबशरमा अभिभावक तथा विद्यार्थीहरुको स्वास्थ्य चेकजाँच पनि गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस