नँया बर्षकै दिन दाङमा तिन दुखद घटना, तिन जनाको ज्यान गयो

तुलसीपुर,१ बैशाख ।

नँया बर्षकै दिन दाङमा आज भएका छुट्टा छुट्टै तीन घटनामा तिन जनाको ज्यान गएको छ । राप्ती गाँउपालीका ४ श्रीनारायण चौकमा को २ च ७५१ नम्बर जिपको ठक्करबाट सोहि ठाउ बस्ने सुरेश नेपालीको छोरा अन्दाजि बर्ष ६ को सुदन नेपालीको ज्यान गएको छ । उनलाई थप उपचारका लागि लमही अस्पतालमा लैजादा गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै,खोलामा डुवेर एक वालिकाको ज्यान गएको छ । घर नजिकै खेल्ने क्रममा राजपुर ६ गम्दी खोलामा डुवेर सोहि ठाउ निवासि विनोद भण्डारीकि छोरी बर्ष ५ कि नैना भण्डारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

यसैगरी,पानी बोक्ने ट्याङ्करको ठक्करबाट घोराहीमा एक जनाको ज्यान गएको छ । घोराहीको बसपार्कमा लु २ त ९३१२ नम्बरको ट्याङ्करले रा २ प ४४९२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटी चालक घोराही १६ निवासि २६ बर्षिय प्रेम रोकाको ज्यान गएको हो । घाइते रोकालाई उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटो मै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख १ गते शनिवार
प्रतिक्रिया