नेपालका विवेकले हात पारे भारतमा गोल्डमेडल

तुलसीपुर २८ चैत्र
भारतको जम्मुकश्मीर स्थित श्रीनगरमा भएको पेनकेक सिलात मार्शलार्टमा नेपालका विवेक विकले गोल्ड मेडल हात पार्न सफल भएका छन् । ६५ केजी तौल समूहको खेलमा तुलसीपुर ५ निवासी विकले हरीयाना पुलीस क्लवका ओम विरलाई हराउदै गोल्ड मेडल प्राप्त गर्न सफल भएको टिम कोच दोर्जे लामाले जानकारी दिनुभयो । त्यसैगरी ६० केजी तौल समुहको खेलमा समिर थापा, ७५ केजीकोमा नन्दलाल थारु, ५० केजीकोमा गोविन्द चौधरी र ५५ केजीको तौल समूहमा राजेश रावत क्रमश द्धितिय र तृर्तिय स्थान हात पार्न सफल भएका थिए ।

विजयी समूहले नेपाल पेनकेक सिलात मार्सलाट संघबाट प्रतियोगितामा भाग लिएकाको टिम म्यानेजर आर.सी सुवेदीले जानकारी दिनुभयो । साउथ एशियन पेनकेक सिलात मार्सलाट फड्रेशनको आयोजनामा प्रतियोगिता दुई दिन सम्म चलेको थियो । नेपाल, भारत र बंगलादेशका सहित २ सय खेलाडीको सहभागिता रहेको आयोजकले बताएको छ ।

 

प्रकाशित मिति : २०७४ चैत्र २८ गते बुधवार
प्रतिक्रिया