किसानको अवस्था सुध्रिए मात्र समाज समृद्ध: केसी

चैत्र २८, २०७४

तुलसीपुर,२८ चैत ।

प्रतिनिधि सभा सदस्य हिराचन्द केसीले किसानको आर्थिक स्तर उकास्ने गरी योजना निर्माण गरिरहेको बताएका छन । हरेक किसानहरुको आर्थिक अवस्था सुधार गर्न सके समाज समृद्धिको दिशामा अघि बढ्ने उनले विश्वास ब्यक्त गरेका छन ।

नेकपा एमाले तुलसीपुर उप महानगरपालिका वडा नम्बर १ को आयोजनामा नँया बर्षको अवसरमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोृधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि समेत केसीले पश्चिम दाङलाई दुग्ध उत्पादन क्षेत्रको रुपमा विकास गर्ने बताएका छन ।

कार्यक्रममा प्रदेश सभा सदस्य उत्तरकुमार ओलिले कानुन निर्माण गरेर जनताको अधिकार ग्यारेण्टी गरीने बताएका छन । तिलक हमालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण खिम बहादुर भण्डारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस