संस्कार पाठशालाले कक्षा ८ सम्म सञ्चालन गर्ने

तुलसीपुर,२७ चैत ।
तुलसीपुर ६ मा रहेको संस्कार पाठशालाले शैक्षिक सत्र २०७५ देखि कक्षा ८ सम्म सञ्चालन गर्ने भएको छ । ज्ञानज्योति फाउण्डेशनद्धारा सञ्चालित संस्कार पाठशालाले आज पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी दिएको हो । शिक्षालाई बढ्दो प्रविधि संग जोडेर वालमैत्रि वाताबरणमा शिक्षण गराईने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

गत साल कक्षा ३ सम्म सञ्चालन भएको र अभिभवाक तथा विद्यार्थिको माग अनुसार कक्षा ८ सम्म सञ्चालन हुन लागेको जनाइएको छ । अध्यापन सँगसगै विद्यार्थिहरुमा संस्कारको समेत विकास गरी सिपमुलक कुराहरु सिकाउदै आएको फाउण्डेसनका सिईओ सुरेन्द्र जिसिले जानकारी दिए ।

वालवालिकामा कितावि ज्ञान मात्रै भएर नपुग्ने भएको हुदा उनिहरुलाई संस्कार सिकाउने उद्देश्यले यस क्षेत्रमै नँयापनका साथ गत बर्ष देखि पाठशालाले कक्षा सञ्चालन गरेको जिसिले बताए । संस्कार सगैं संस्कृत भाषालाई समेत जोड दिदै आएको उनले बताएका छन ।

प्रत्येक कक्षामा विद्यार्थि संख्या निर्धारण गरिएको छ । फाउण्डेसनका सिईओ सुरेन्द्र जिसिको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संस्कार पाठशालाका म्यानेजिङ्ग डाइरेक्टर दिप बस्नेत,ज्ञानज्योतिका भाईस प्रिन्सीपल मनोज केसी,लोकेन्द्र खड्का , शरद गौतम,प्रकाश श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । ज्ञानज्योतिका पत्रकारीता कोर्डिनेटर बसन्त विवश आचार्यको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण रवि चापागाईले गरेका थिए ।

प्रकाशित मिति : २०७४ चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया