अश्वारा सामुदायिक बनमा नँया नेतृत्व

तुलसीपुर,२५ चैत ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित अश्वारा सामुदयिक बन उपभोक्ता समुहको २२ औ साधारणसभा आज अश्वारामा सम्पन्न भएको छ । समुहका अध्यक्ष रिशम बहादुर भण्डारीको अध्यक्षता एवं वडा नं. ८ का वडा सदस्य ईन्द्रजित चौधरीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।

सभामा समुहका कोषाध्यक्ष गंगाराम बस्नेतले आर्थिक प्रतिवेदन र सचिव टेकनाथ योगीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा नेकपा एमालेका धनिराम रोका, काग्रेसका केशव लामीछाने, माओवादी केन्द्रका याम प्रसाद सुवेदी, रेडियो प्रकृति एफएमका स्टेशन म्यानेजर ओपेन्द्र बस्नेत, अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष तिलक बस्नेत,महालक्ष्मी सामुदायिक बन समुहका तारा देबकोटा, सृजना टोल विकास संस्थाका अध्यक्ष जुद्ध बहादुर खत्री, उपभोक्ता तारा बहादुर बस्नेत, कृष्ण बस्नेत, सरादा गिरी, शिवहरि भण्डारी लगाएतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण महेन्द्र भण्डारीले गरेका थिए । यसैविच, सभाले सुरुमा बस्नेतको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा मिना वस्नेत, सचिवमा गंगा भण्डारी, कोषाध्यक्षमा जया पाण्डे, सहसचिवमा मुना विक चयन भएका छन् । यस्तै सदस्यहरुमा रिता पोख्रेल, लक्ष्मी वस्नेत, गौमती सार्की र बेलमति डाँगी रहेका छन् ।

प्रकाशित मिति : २०७४ चैत्र २५ गते आइतवार
प्रतिक्रिया