प्रथम जिल्ला स्तरिय पारा टेवल टेनिस सम्पन्न

चुलसीपुर २३ चैत्र
प्रथम दाङ जिल्ला स्तरिय पारा (अपाङ्ग) टेवलटेनिस प्रतियोगिता २०७४ ह्वील चेयर पुरुष तर्फको उपाधी खिम बहादुर महतराले हात पार्नु भएको छ । प्रतिस्पर्धी यज्ञ बहादुर विकलाई ३–० को सेटमा पराजीत गर्दै महताराले उपाधी हात पारेका हुन । खेलमा खिम बहादुर पुन तृर्तिय भए ।
त्यस्तै महिला स्टेण्डिङ तर्फ अस्मिता बुढा प्रथम हुनु भएको छ । फाइनल खेलमा निर्मला वलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै अस्मिताले उपाधी हात पार्नु भएको हो । त्यस्तै पुरुष स्टेण्डिङ तर्फको उपाधी दिपक कुमार भुषालले हात पार्नु भएको छ । उहाँले फाइनलमा शिवराज खड्कालाई ३–२ को सेटमा पराजीत गर्दै उपाधी चुम्नु भएको हो । त्यस्तै गुरु प्रसाद चौधरी र धरम पुन तृर्तिय हुनुभएको छ ।
त्यस्तै भेट्रानमा पारेश्वर न्यौपाने, लोभिजन फिजिकल च्यालेन्जमा कमला रोका र मस्कुलर डिस्ट्रभीको उपाधी छवि भन्डारिले चुमेको संघका सचिव तथा सहायक प्रशिक्षक केशब प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।


प्रतियोगितामा ह्विल चेयर पुरुष, स्टेन्डिङ महिला तथा पुरुष, भेट्रान, लो भिजन र मस्कुलर डिस्ट्रभी गरि १४ जना महिला पुरुष खेलाडी बिच कडा प्रतिस्पर्धा भएको थियो । दाङ जिल्ला टेबलटेनिस संघका अध्यक्ष सिताराम शर्माको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीको प्रमुख आतिथ्य एवं समितिका कार्यलय प्रमुख शान्ती सोमईको बिशिस्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
संघका उपाध्यक्ष ऋषिराज लहरे अरुणको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथी,बिशिस्ट अतिथी, अतिथिहरुले प्रतियोगिताका बिजेता,उपबिजेता खेलाडिहरुलाई मेडल,प्रमाणपत्र तथा टि सर्ट प्रदान गर्नु भएको थियो । कार्यक्रमको संचालन संघका सदस्य लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।
विश्व टेवलटेनिस दिवश अप्रिल ६ को अवसरमा अखिल नेपाल टेवलटेनिस संघ र अखिल नेपाल अपाङ्ग टेवल टेनिस संघको तत्त्वावधान तथा दाङ जिल्ला टेवल टेनिस संघको आयोजनामा संचालित प्रतियोगिता सम्पन्न गर्न युनाईटेड नेशन र आई टी टीले सहयोग गरेका थिए ।

प्रकाशित मिति : २०७४ चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया