सुनछहरी नृत्य तथा गायन ताराको फाईनल जेठमा

चैत्र २२, २०७४

रोल्पा,२१ चैत ।

सुनछहरि कला केन्द्र लिबाङ रोल्पा द्धारा सन्चालित रोल्पामा जारी सुनछहरी नृत्य तथा गायन तारा २०७४ को तेस्रो अडिसन रोल्पाको टुडिखेलमा सम्पन्न भएको छ । अहिले सम्म गायन र नृत्य बिधामा टप ट्वान्टि छनौट गरिएको छ । प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा भने जेठ २५ र २६ गते लिबाङमा आयोजना गरिने र जसबाट दुबै बिधाको तारा घोषणा गर्ने कार्यक्रम रहेको छ ।

६ जनाको छनौट पछि थबाङ लगाएत जिल्लाका बिभिन्न ठाउमा कन्सर्ट को आयोजना समेत गरिने भएको छ । प्रतिष्पर्धामा एसएमएस र टिकट भोटिङ समेत हुने प्रचार प्रसार उप समितिका सम्योजक भिम वलिले जानकारि दिनु भएको छ ।  उक्त कार्यक्रमको निर्णायकमा नृत्य तर्फ रक्ष क्षेत्रि, पृथ्वि डागि र दिपेन थापा रहनु भएको थियो । गायन तर्फ लोक केसि, नबिन लोचन मगर, कर्ण खड्का अनुरागि रहेको कार्यक्रमको सन्चालन सन्चारकर्मि हरि पुन र माया स्मृति पुनले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस