वायु गुणस्तर मापक केन्द्र स्थापना गर्ने तयारी

चैत्र ११, २०७४

घोराही, ११ चैत्र

वायु गुणस्तर मापन केन्द्र स्थापनाका लागि घोराही उपमहानगरपालिका र वाताबरण मन्त्रालय वाताबरण बिभाग बिच सम्झौता भएको छ । घोराही पमहानगरपालिकाको वडा नम्बर २ रामपुरमा उक्त वायु गुणस्तर मापक केन्द्र स्थापना गर्ने गरि उपमहानगरका मेयर नरुलाल चौधरी र विभागका सिनियर डिभिजनलर केमिस्ट शंकरप्रसाद पौडेल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
पश्चिमबाट पूर्वतर्फ हावाको बहाव बहने भएका कारण घोराही सिमेन्ट उद्योगको पूर्वीभाग रामपुर बजारको रामपुर प्रहरी चौकीको हाताभित्र उक्त बायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने मेयर चौधरी र विभागका केमिस्ट पौडेल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
घोराही सिमेन्ट उद्योगबाट निस्कने धुलो, धुवा सहित घोराही बजार क्षेत्र सम्म दुरीको समेत बायु प्रदुषणको मापन गर्ने क्षमता सहितको करिब १ करोड २५ लाख रुपैयाँको उक्त बायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने गरि सम्झौता गरेको मेयर चौधरीले जानकारी दिनुभएको छ ।
सिमेन्ट उद्योग सहित अन्य उद्योगहरुबाट निस्कने धुलो र धुवाको मात्रा पत्ता लगाएर त्यसलाई न्यूनिकरण गर्ने उदेश्य राखिएको उहाँको भनाई छ । उद्योगहरुलाई बाताबरण मैत्री बनाउने गरि उक्त मापन केन्द्र स्थापना गर्न थालिएको र अबको साढे २ महिना भित्र उक्त घोराही वायु गुणस्तर मापन केन्द्रको स्थापना गरिने बिभागले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस