विप्लव नेतृत्वको विद्यार्थी संगठनको महासचिवमा शाही

दाङ, १० चैत्र ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को महासचिवमा दाङका प्रकाश शाही चयन भएका छन् । केही दिन अघि बसेको संगठनको दोश्रो बैठकले उनलाई महासचिवमा चयन गरेको हो ।
घोराहीमा भएको २१ औं राष्ट्रिय सम्मेलनवाट अध्यक्षमा चिरञ्जीवी ढकाल सहित ५९ सदस्यि केन्द्रिय कमिटी चयन भए पनि अन्य पदाधिकारी चयन हुन सकेको थिएन् ।

जसको उपाध्यक्ष रुद्र भट्टराई, महासचिव प्रकाश शाहि, सचीव सन्तोषी भट्टराई, कोषाध्यक्ष नरेन्द्र बिक लगाएत रहेका छन् ।
‘वैज्ञानिक समाजवादी शिक्षा र सुदृढ सङ्गठनका लागि २१ औं राष्ट्रिय सम्मेलन’ भन्ने मूलनाराको साथ संगठनको राष्ट्रिय सम्मेलन ३ दिन सम्म चलेको थियो । सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा जनपरिषद प्रमुख सन्तोष बुढा मगरले गरेका थिए ।

देशभरका ७ सय प्रतिनिधि पर्यवेक्षक सहभागी भएको सम्मेलनले उनीहरुलाई छनोट गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीको धादिङमा बसेको केन्द्रीय समितिको बैठकले ३० वर्ष उमेर पूरा भएकालाई विद्यार्थी राजनीतिबाट विदा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार यो केन्द्रिय समिति छनोट भएको थियो ।

प्रकाशित मिति : २०७४ चैत्र १० गते शनिवार
प्रतिक्रिया