रोटरी क्लबको अध्यक्षमा पुनः केसी निर्वाचित

 

शरद रेग्मी
दाङ चैत १० । रोटरी क्लब अफ काँशिपुर भिलेजको अध्यक्षमा पुनः चुडामणी केसी निर्वाचित हुनु भएको छ । क्लबको आज सनिबार सम्पन्न अधिवेशनले दुई वर्षे कार्यकालका लागि केसीको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा दोर्ण बहादुर केसी, सचिव दुर्गा बहादुर केसी र सहसचिबमा फत्तेबहादुर खड्का लगाएतको नयाँ कार्यसमिति सर्वसम्मतले निर्वाचित भएको हो । सो अवसरमा बोल्ने बक्ताहरुले काशिपुर भिलेजलाई नमुना भिलेजको रुपमा बिकास गर्नु पर्ने बताएका छन । उनिहरुले वातावरण संरक्षणका लागि गाँउगाँउमा वृक्षारोपण गर्ने, गाँउपालिकाको सहकार्यमा उज्यालो काशिपुर भिलेजको रुपमा बिकास गर्ने लगाएत महत्वपुर्ण निर्णय समेत बैठकले गरेको छ । पदस्थापन लगत्तै काशिपुरमा सम्पन्न विभिन्न क्लबहरुको सामुहिक बैठकले सो निर्णय गरेको हो ।
रोटरी क्लब अफ तुलसीपुर सीटीका अध्यक्ष तुफानबाबु श्रेष्ठको अध्यक्षतामा बसेको सामुहिक बैठकले काशिपुर भिलेजलाई शिक्षा, स्वास्थ्य र विकासको पहुँच स्थापीत गर्न स्थानिय निकाय संग सहकार्य गर्ने निर्णय गरेको छ ।
रोटरी क्लब अफ तुलसीपुर सीटी, काशिपुर भिलेज र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको सयुक्त बसेको थियो । कार्यक्रममा तुलसीपुर सिटीले स्थानिय आर्दश आधारभुत विद्यालयलाई ३० हजार बराबरको कम्प्युटर हस्तान्तरण गरेको थियो ।
सो अवसरमा बोल्दै सीटीका अध्यक्ष तुफान बाबु श्रेष्ठले विद्यालयको शैक्षिक गुणस्तरका लागि क्लबले सो साम्रगी हस्तान्तरण गरेको बताउनु भयो । कार्यक्रममा क्लबका पुर्व अध्यक्ष कुशल तर्ताल, विजय केसी, भावी अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, तुलसीपुर नगरविकास समितिका अध्यक्ष यज्ञ बहादुर केसी, रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी, रोट्रयाक्ट क्लबका अध्यक्ष सचिन पौडेल, पुर्व अध्यक्ष मनोहर शर्मा, देवेन्द्र केसी, आर्दश आधारभुत विद्यालयका प्रद्यानअध्यापक बिनोद डाँगी, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दोर्ण बहादुर केसी लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको संचालन महाँसचिव सन्दिपन रिजालले गर्नु भएको थियो ।

 

प्रकाशित मिति : २०७४ चैत्र १० गते शनिवार
प्रतिक्रिया