तुलसीपुरमा १ सय १६ थान काठ वरामद

तुलसीपुर,७ फागुन ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले १ सय १६ थान शिशौ जातको काठ वरामद गरेको छ । दंगिशरण गाँउपालीका वडा नं.३ स्थित रानि सामुदायीक वनमा सोही वनका पदाधिकारीहरुले विना अनुमति रुख कटान गरी तुलसीपुर उपमहानगरपालीका वडा नं.२ डाँडाचिस स्थित रहेको रस्का समील संगको मिलेमतोमा अवैधानिक रुपमा राखेको उक्त काठ बरामद गरेको प्रहरीले जनाएको छ । उक्त काठ वरामद गरी आबश्यक कार्बाहिको लागी ईलाका बन कार्यालय बैवाङ दाङमा पठाईएको जनाइएको छ ।

प्रकाशित मिति : २०७४ चैत्र ७ गते बुधवार
प्रतिक्रिया