दाङकी क्रान्तिशिखा बनिन् मिस ग्लोवल २०१८

चैत्र ०६, २०७४

दाङ, चैत ६ ।

दाङकी क्रान्तिशिखा धितालले मिस ग्लोवल इन्टरनेशनल–२०१८ को उपाधि जितेकी छन् । घोराही निवासी धिताले उच्च शिक्षा अध्ययनका लागि काठमाडौंमा हाल बस्दै आएकी छन् । पहिलो पटक यस प्रकारको प्रतियोगितामा सहभागि भएकी धितालले नेपालका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागि १५ जना प्रतियोगिलाई पछाडि पार्दै उपाधि जितेकी हुन । प्रतियोगिताका लागि सुरुको चरणमा सयौ युवतीहरुको सहभागिता रहेको थियो ।

साहित्य, अभिनयमा समेत विशेष रुची राख्ने धितालले जमल काठमाडौं स्थित नाँच घरमा चैत्र ५ गते साँझ आयोजना गरिएको फाइनल राउण्डमा आफू पहिलो भएको घोषणा गरिएपछि खुशीले सीमा नाघेको बताउँछिन् । भविष्यमा मोडलिङ क्षेत्रमा जाने तिब्र इच्छा नभएको बताउने धिताल राम्रो वातावरण भएमा यो क्षेत्रपनि आफ्नो रोजाईको विषय हुन सक्ने भन्नेमा छिन् ।

सफल भिजे र आरजे बन्ने रहर बोकेकी धितालले घोराहीको शान्ति निकेतनबाट एसएलसी पास गरेर काठमाडौंमा प्लसटू सिध्याएपछि हाल साइकोलोजि फेलोसिपमा अध्ययन गरिरहेकी धितालले प्रतियोगितामा बेष्ट पर्सनालिटिको टाईटल पनि जितेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस