अञ्चल अस्पतालबाट १२ लाख बढिको औषधी निशुल्क वितरण

चैत्र ०५, २०७४

शान्ती सरु,तुलसीपुर ५ चैत ।

वितेको आठ महिनाको अवधिमा राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट सेवाग्राहीले बाह्र लाख भन्दा वढि रकमको निशुल्क औषधी लिएका छन् । अस्पतालले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको श्रावण देखी फागुन सम्ममा १२ लाख १ हजार ६ सय ९५ रुपैया बराबरको औषधी सेवाग्राहीले निशुल्क लिएका हुन ।

अस्पतालबाट सेवा लिनेहरुमा अशक्त अपाङग, जेष्ठ नागरिक, अतिविपन्न र दिर्घरोगीका विरामीहरु रहेका छन् । राज्यले उनीहरुलाई दिदै आएको ७० प्रकारका विभिन्न निशुल्क औषधी अस्पतालले उपलब्ध गराउदै आएको छ । साथै उनीहरुलाई राज्यले दिदै आएको स्वास्थ्य सेवा बाहेक अस्पतालको तर्फबाट पनि विभिन्न सेवाहरु निशुल्क रुपमा उपलब्ध गराउदै आएको अस्पतालका निमित्त प्रमुख सुरपरिटेन्डेण्ट डा. विनोद सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार अस्पतालले उनीहरुलाई निशुल्क एक्सरे, ल्याव र ओपिडि सेवा र अप्रेसनमा समेत विषेश सेवा दिदै आएको छ । त्यस्तैगरी उनीहरुलाई केहि औषधी समेत निशुल्क रुपमा उपलब्ध गराइएको छ । उनीहरुको उपचारका लागी राज्यले निर्धारण गरेको मापदण्द अनुसार उनीहरुको नागरीकता र परीचयपत्र अथवा डाक्टरले दिएको सीफारीसको आधारमा विरामीलाई निशुल्क सेवा दिदै आएको अस्पतालका स्टोर प्रमुख राजु श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार अस्पतालमा प्राय जसो सुगर, प्रेसर, डिप्रेसन र छारेरोगका बिरामीहरु सेवा लिन आउने गरेका छन् । यस्तै सिटामोल, जिवनजल जस्ता औषधीहरु पनि सेवाग्राहीहरुलाई उपलब्ध गराउदै आएको अस्पतालले बताएको छ ।।

प्रतिक्रिया दिनुहोस