जिप समितिद्धारा कर्मचारीको विदाई

चैत्र ०४, २०७४

तुलसीपुर, ४ चैत ।

तुलसीपुर जिप तथा माइक्रो मिनिबस बस व्यवासायी समितिले समितिका लामो समय सम्म काम गरेका कर्मचारीलाई विदाई गरेको छ । समितिका वुकिङ कलर्क कर्मचारी हरि गौतमलाई समितिले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो । समितिका अध्यक्ष पवनकुमार बुढाथोकीको अध्यक्षतमा भएको विदाई कार्यक्रममा कर्मचारी गौतमलाई समितिले दिने सेवा सुविधा सहित टिका र दोसल्ला ओढायर विदाई गरिएको थियो ।

समितिका उपाध्यक्ष डिल्लीराज भण्डारी, कार्यालय प्रमुख जितबहादुर खड्का, प्रेस सल्लाहकार बालाराम खड्का, डिलक्स इन्र्चाज राजन योगी, इन्र्चाज श्रीधर जिसी, निराजन चौधरीलगायतका कर्मचारी र पदाधीकारीहरुले टिका दोसल्लाह ओढायर गौतमलाई विदाई गरेका थिए ।

प्रतिक्रिया दिनुहोस