तुलसीपुरमा भोली देखि कक्षा ८ परीक्षा सुरु हुदै

तुलसीपुर, ४ चैत्र ।

भोली देखि हुने आधारभूत तह (कक्षा ८) को परीक्षाको सम्पूर्ण तयारी पुरा भएको तुलसीपुर उपमहानगरपालिका अन्तर्गत परीक्षा समितिले जनाएको छ । देश संघियतामा गएपछि स्थानीय तह अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाले आधारभूत तहको परीक्षा गराउने अधिकार पाएको यो पहिलो पटक हो । परीक्षा समितिका सचिव मुकुन्द रिजालका अनुसार यस वर्ष चार हजार ३ सय ५९ जना छात्र–छात्रा कक्षा ८ को परीक्षामा सहभागी हुँदैछन् । सामुदायिक विद्यालय तर्फ २ हजार २ सय ३६ र संस्थागत तर्फ २ हजार एक सय २३ जना छात्र–छात्रा छन् ।
जसका लागि ८३ वटा परीक्षा केन्द्र तोकिएको छ ।

संस्थागत तर्फ ५३ र सामुदायिक तर्फ ३० विद्यालयमा आधारभूत तह (कक्षा ८) स्तरीय परीक्षा हुँदै छ । परीक्षा अवधिभर तुलसीपुर उपमहानगरपालिका द्धारा अनुगमण गरिने छ । परीक्षमा नक्कल गर्ने (चिटीङ) गर्ने कार्यलाई निरुत्साहित गरीने तुलसीपुर उपमहानगरपालिका परीक्षा समितिका अध्यक्ष भाष्करराज गौतमले जानकारी दिए ।

‘चिट चोरेर पास भइन्छ, किन पढ्नु प¥यो भन्ने विद्यार्थीमा गलत प्रवृति वसेको छ, अध्यक्ष गौतमले भने, ‘ यसलाई रोकेर पढ्नु पर्छ भन्ने संस्कारको विकास गराउनु हाम्रो मुख्य उद्देश्य हो ।’ परीक्षाको समयमा परीक्षार्थीलाई असर पुग्ने गरी केन्द्राध्यक्षले फोनमा कुरा गर्न नपाइने, फोन साइलेन्समा राख्नु पर्ने, अनुगमण बाहिरैबाट गर्नु पर्ने लगाएतका आचार संहिता लागु गरिएको परीक्षा समितिले जनाएको छ ।

यसै विच परीक्षा समितिका अध्यक्ष भाष्कर गौतमको अध्यक्षातामा बैठक बसी यसको तयारीका विषयमा छलफल गरेको छ । छलफलमा विष्णु कुमारी केसी, देवराज विक, भागवत पौडेल,नारायण प्रसाद भण्डारी, मानबहादुर बस्नेत, भोजराज न्यौपाने लगाएतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २०७४ चैत्र ४ गते आइतवार
प्रतिक्रिया