कविता

चैत्र ०३, २०७४

वैषाखी ।
चाहिदैन भो लाग्ने रुपी वैषाखी
म आँफ्नै खुट्टाले हिड्न सक्छु
यो संसारका भ्रमिल अप्ठयाराहरु
म आँफै चिर्नसक्छु ,

नारी प्रवृत्ति त त्यो हो
जो नेक्कलेस रुपी दाम्लोले गला अठ्याउदा
खुसी हुन्छन्स जो सुनको चुरा रुपी हट्कडी
लगाउदा खुसी हुन्छन्सजो पाएल रुपी खुट्यासो
लगाउदा खुसी हुन्छन् ।
तर म खुला आकाशमा स्वतन्त्र भई उड्न चाहन्छु
आँफू आफ्नै लागि बाँच्न चाहन्छु
कसैको कैदमा बस्न चाहदिन
हो भन्नेहरुले ठुली बन्छे भने पनि
म सन्तुष्ट छु
त्यसैले म अचम्मको छु !
अरु भन्दा फरक छु ,
त्यो समिप रहनुको के अौचित्य
जसले मनको भावना बुझ्दैन भने
भिजेका छन् मेरा आँखा
तर आँशु पुछ्दैन भने
हो त्यहि कारण म भन्छु
आखिर किन आवश्यक
छ त वैषाखी ।।।

हिरा गौतम – तुलसीपुर दाङ ।

प्रतिक्रिया दिनुहोस