ब्राउन सुगर सहित भारतीय नागरिक दाङमा पक्राउ

फागुन ३०, २०७४

तुलसीपुर, ३० फागुन
अबैध लागु औषध ब्राउन सुगर सहित घोराहीमा एक भारतीय नागरिक पक्राउ परको छन् । पक्राउ पर्नेमा भारतको बहराईच निबासी ३४ बर्षका परवेज आलम रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । उनको साथबाट प्रहरीले ३९ ग्राम ५८० मिलिग्राम खैरो ब्राउन सुगर बरामद गरेको छ । अबैध ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले रितपूर्वक खानतलासी गर्दा आलमको दाहीनो खुट्टाको जुत्ता भित्र कालो पलाष्टिक भित्र लुकाएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले अबैध लागुऔषध ओसारपसार तथा विक्रिवितरण ऐन अन्र्गत मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस