रुखबाट खसेर एक महिलाको मुत्यु 

फागुन ३०, २०७४

अछाम,३० फागुन ।
अछाममा रुखबाट खसेर एक महिलाको मुत्यु भएको छ । मंगलसेन नगरपालिका वडा न १४ कालागाउँ निवासी बिन्द्रा देवी सोडारीको मुत्यु भएको हो । मंगलबार दिउँसो गाउँ नजीकैको जंगलमा दाउरा काट्न गएको बेला ३८ बर्षिया सोडारीको घटनास्थलमै ज्यान गएको मृतकका आफन्तले बताएका छन् । छोराछोरीलाई खाना खुवाएर दाउरा काट्न गएकी सोडारीको ज्यान गएपछि उनका छोराछोरीको बिचल्ली भएको छ । ४ छोरा र एक छोरी रेहकी सोडारीका श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस