दाङ बाट साढे एघार हजार परीक्षार्थिले एसईई दिदै

बसन्त परियार,तुलसीपुर,३० फागुन ।

यसबर्ष दाङ बाट साढे एघार हजार परीक्षार्थिहरुले एसईई दिदै छन। जिल्लाका निजि र सामुदायिक विद्यालयका गरी ११ हजार ६ सय १० परीक्षार्थिहरुले परीक्षा दिन लागेको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । जसमा साधरणतर्फ १० हजार ८ सय ८६ र प्राविधिक तर्फ ३ सय ९७ परीक्षार्थि रहेको जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीले बताएका छन ।

त्यसैगरी एक्जाम्टेड तर्फ ४ सय ९७ परीक्षार्थिहरुले परीक्षा दिदै छन । उनका अनुसार यसवर्ष जिल्लामा ३ सय ८५ विद्यार्थि अयोग्य ठहरिएका छन । साधरण तर्फ ३ सय ७९ र प्राविधिक तर्फ ६ जना विद्यार्थि परीक्षा दिन अयोग्य भएका छन । उनिहरुको हाजिरी नपुगेको तथा राजश्व दाखिला नभएकोले उनिहरु अयोग्य तथा परिक्षा दिनबाट बञ्चीत भएको जिल्ला शिक्षा अधिकारी मैनालीले बताए । यसैविच यस बर्ष एक्जाम्टेड परीक्षार्थिहरुले एउटै परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्ने छ । परीक्षा नियन्त्रण कार्यालयको परीपत्रअनुसार जिल्ला सदरमुकामबाट उनिहरुले परीक्षा दिने ब्यवस्था मिलाइएको जिल्ला शिक्षा अधिकारी मैनालीले जनाएका छन ।

नियमित तर्फका विद्यार्थिहरुले परीक्षा दिने केन्द्रबाट नै परीक्षा दिदै आएका विद्यार्थिहरु अव सदरमुकाममा बसेर परीक्षा दिनुपर्ने छ । जसका लागि वालविकास मा.वि.घोराहीमा केन्द्र तोकिएको जिशिअ मैनालीले जानकारी दिए । यस बर्षको एसईई सञ्चालनका लागि यस बर्ष जिल्लामा ४३ वटा केन्द्रहरु तोकिएको छ ।

गएको बर्ष ४२ केन्द्र रहेकोमा यस बर्ष एउटा केन्द्र थपिएको जिशिअ मैनालीले जानकारी दिएका छन । गतबर्षका ४२ केन्द्र यथावत छन, यस बर्ष एउटा केन्द्र थपिएको छ, जिशिअ मैनालीले भने । उनका अनुसार घोराहीको मावि दिपशिखामा केन्द्र थपिएसगै केन्द्रको संख्या ४३ पुगेको हो ।

प्रकाशित मिति : २०७४ फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया