सर्वोच्चका न्यायाधीशद्वारा बोली बाराबार

सर्वोच्च अदालतका न्यायाधीशहरू मंगलबार खुलेरै प्रधान न्यायाधीशकाे पक्ष र विपक्षमा विभाजित भएका छन्। डाक्टर गोविन्द केसी र कान्तिपुर मिडिया ग्रुपविरुद्धको मुद्दामा तोकिएको बृहत्त् इजलासमा न्यायाधीश चोलेन्द्रशम्सेर जबराको लिखित आपत्तीपछि यो अवस्था आएको हो। जन्म मिति मुद्दामा मुछिएका प्रधान न्यायाधीश पराजुलीले पद छाेड्नु पर्नेभन्दै न्यायाधीशहरूले इजालस बहिस्कार गरेका हुन्।

सर्वोच्चका प्रधान न्यायाधीश सहित २० मध्ये ११ जना एकातिर र बाँकी ९ अर्कोतिर देखिएका छन्। न्यायाधीशहरु पक्ष विपक्षमा लाग्दा मंगलबार सर्वोच्च अदालतका सबै बेञ्च चल्न सकेनन्। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीका पक्षमा ११ जना न्यायाधीशले मंगलबार बेञ्च सञ्चालन गरे।

सर्वोच्चका वरिष्ठ न्यायाधीश रहेका दीपकराज जोशीसहित ९ जना विपक्षमा देखिए। यद्यपि जोशी भने मेलमिलाप केन्द्र ललितपुरको अनुमगनका लागि गएका छन्।

सर्वोच्च अदालतले मंगलबार तोकेका ११ इजलासमध्ये प्रधान न्यायाधीश विपक्षमा रहेका न्यायाधीशहरुको बेन्च बस्न नसकेको हो। न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र अनिलकुमार सिन्हा र हरिकृष्ण कार्की र सपनाप्रधान मल्लका लागि तोकिएको इजलासको बेन्च बसेन। प्रधान न्यायाधीशका विपक्षमा लिखित असहमती जनाउने न्यायाधीश चोलेन्द्र शम्सेर जबराको हकमा भने मंगलबार इजलास नै तोकिएको थिएन।

प्रधान न्यायाधीश पराजुलीको पक्षमा ओमप्रकाश मिश्र, दिपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खडका, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादु मोक्तान देखिएका छन्।

उनको विपक्षमा वरिष्ठ न्यायाधीश दिपकराज जोशीसहित हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशसिंह राउत, र सपना प्रधान मल्ल रहेका छन्। नेपाल खबरबाट

प्रकाशित मिति : २०७४ फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया