शुल्क बढाउने निर्णय प्रति नेविसंघको ध्यानाकर्षण

तुलसीपुर,२९ फागुन ।

नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ राप्ती बवई क्याम्पस तुलसीपुर ईकाइ समितिले शुल्क बढाउने क्याम्पस प्रशासनको निर्णय प्रति ध्यानाकर्षण भएको जनाएको छ । क्याम्पस ईकाई सभापति रोहित न्यौपानेले एक विज्ञप्ती जारी गरी शुल्क बृद्धि गर्ने निर्णय गरेको भन्दै ध्यानाकर्षण गराएका छन । क्याम्पस प्रशासनलाई उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै क्याम्पस ईकाइ समितिले ज्ञापनपत्र समेत बुझाएको छ । क्याम्पस प्रमुख लक्ष्मण रेग्मीलाई ज्ञापनपत्र बुझाइएको सभापति न्यौपानेले बताएका छन ।

यसैविच क्याम्पस ईकाई सभापति न्यौपानेले नेविसंघ जिल्ला सदस्य किरण केसीलाई कारबाहिको माग गरेका छन । आज विज्ञप्ती प्रकाशित गरी उनले यस्तो माग गरेका छन । केसीले क्याम्पसमा आधिकारीक पदाधिकारी संग कुनै सल्लाह नगरी संगठनलाई धरासायी पार्ने काम गरेको भन्दै कारवाहीको माग गरीएको विज्ञप्तीमा जनाइएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया