दिब्यज्योती बोर्डिङको २१औं अभिभावक भेला

तुलसीपुर,२९ फागुन ।
तुलसीपुर १२ मा रहेको दिब्यज्योती बोर्डिङ स्कुलको २१औं अभिभावक भेला सम्पन्न भएको छ । भेलामा बोल्ने बक्ताहरुले ब्यवहारीक शिक्षामा जोड दिएका छन । उनिहरुले शिक्षाको गुुणस्तरीयताका लागि शिक्षक,विद्यार्थि र अभिभावक विचको सम्बन्ध सुमधुर हुनपर्नेमा जोड दिएका छन । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शक्ति कुमार शर्माको अध्यक्षता तथा सरकारका पूर्व उपसचिब विष्णु कुमार देवकोटाको प्रमुख आतिथ्यता एवं श्रोतब्यक्ति विष्णु कुमारी केसीको विशिष्ठ आतिथ्या भेला सम्पन्न भएको हो ।

शिक्षक मनोज आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको भेलामा सञ्चालक समिति अध्यक्ष शंकर गिरी,संस्थापकहरु प्रकाश डागी,गुरुप्रसाद आचार्य,निम बहादुर केसी,चिन्ता बहादुर गिरी,शि.अ.सं.अध्यक्ष मदन कुमार वली,अभिभावक वलदेव रजौरे,सर्जन चौधरी,हरीदत्त कार्कि,गोर्वधन आचार्य,केदार आचार्य,लाल बहादुर वस्नेत लगायतले बोलेका थिए । सो अवसरमा बर्ष उत्कृष्ट छात्रा डिना भण्डारी र विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने छात्र छात्राहरुलाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी विगत १० बर्ष देखि कार्यरत शिक्षकहरु मोहनी लामछिाने,कृष्ण बहादुर वस्नेत , टेक कुमारी डागी र नियमित शिक्षकको तर्फवाट धनमाया खत्रि लाई पुुरस्कृत गरिएको थियो । विद्यालयका प्रिन्सीपल बिनोद कुमार वस्नेतले प्रगति बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सहजिकरण शिक्षक शुसिल गिरीले गर्नुभएको थियो । सो अवसरमा विद्यार्थिहरुले सांस्कृतिक प्रस्तुती समेत राखेका थिए ।

प्रकाशित मिति : २०७४ फाल्गुन २९ गते मङ्गलवार
प्रतिक्रिया