छाडा गाईवस्तु हटाउदै घोराही उप महानगरपालीका

सन्तोष अधिकारी

दाङ, २८ फागुन ।  दाङको घोराही उप महानगरपालीकाले अहिले बजार क्षेत्रमा रहेका छाडा गाईवस्तु हटाउन सुरु गरेको छ । फागुन २३ गते समाचार प्रकाशित भएको दुईदिन पछि गाईवस्तु हटाउन सुरु गरेको हो । उप महानगरपालीकाले जिम्मा दिने भनि निर्णय गरेको स्वस्तिक सहकारीलाई नभई व्यक्तिले लग्ने चासो देखाएकोले दिन लागिएकोे घोराही उप महानगरपालीकाका मेयर नरुलाल चौधरीले जानकारी दिए ।  गाईवस्तु व्यवस्थापन गर्नका लागि वजारमा रहेका छाडा गाईवस्तु खेरेर ४ दिन सम्म उप महानगरपालीका परीसरमा राखीएको थियो ।

यदि कुनै व्यत्तिका गाईवस्तु भए जरीमाना तिरेर लैजाने म्याद दिएको उप महानगरपालीकाले तोकेको म्याद भित्र आई सम्वन्धीत धनीले लगेको पनि चौधरीले बताए । वाँकी रहेका ५४ वटा गाईवस्तुका मालीक नभेटिएपछि अहिले रोल्पा पठाउने लागिएको हो । पत्रपत्रिकामा छाडा गाईवस्तु व्यवस्थापन गर्न चुनौति भन्ने समाचार प्रकाशित भएपछि रोल्पा जिल्ला त्रिवेणी गाँउपालीका ७ का चन्द्रबहादुर परीयार गाईवस्तु लग्न आएको मेयर चौधरीले बताए । “उनले गाईवस्तु लग्नको लागि निवेदन दिएका थिए जिल्लाका सवै सरोकारवालहरुको सहमतिमा पठाउन थालेका छौ” मेयर चौधरीले भने । यस अघि पनि उनै चन्द्रबहादुर परीयारले घोराही उप महानगरपालीका १० नारायणपुर क्षेत्रवाट पनि गाईवस्तु लगेको बताए । यहाँ छाडा गाईवस्तुले सताएका रहेछन् गाँउमा लगेर विक्रि गर्दा आम्दानी हुने भएकोले लग्न लागेको हुँ परीयारले भने । सोमवार साँझ जिल्ला प्रहरी कार्यालय, प्रमुख जिल्ला अधिकारी, उप महानगरपालीका, दाङ जिल्ला उद्योग वाणिज्य संघ, पत्रकार तथा अन्य सरोकारवाला निकायको रोहवरमा छाडा गाईवस्तु रोल्पा पठाईएको छ ।

मेयर चौधरीका अनुसार गाईवस्तुको पालन पोषण राम्रो संग गर्ने, छाडा नछोड्ने सहमतिमा पठाईएको हो । सवै भन्दा राम्रो पक्ष त के हो भने व्यक्ति आफै उत्सुक भएर लिन आउनु भएको छ यसमा शंका नगरौ चौधरीले भने ।  यस अघि हापुरमा रहेको स्वस्तिक कृषि सहकारी संस्थालाई छाडा गाईवस्तु दिने र त्यसको व्यवस्थापनको लागि उप महानगरपालीकाले जिम्मा लिने निर्णय गरेको उपमहानगरपालीकाले अहिले व्यक्तिलाई दिन लागेको वारेमा आफु अनभिज्ञ भएको स्वस्तीक सहकारीका अध्यक्ष विमल न्यौपानेले बताए । सहकारीको तर्फवाट प्रपोजल वनाई पेश गर्ने सहमति भएकोमा सहकारीको तर्फवाट प्रपोजल समेत दिईसकेका छौ यो क्षणिकका लागि पठाउन लागिएकोे हुन सक्ने न्यौपानेले बताए । “मेयरसावले प्रपोजल पनि ठिक छ हामी एकपटक सहकारीको जग्गा अवोलोकन गर्छौ र काम अगाडि वढाउला भन्नुभएको हो तर अहिले कसरी रोल्पा पठाउन लागेको हो थाहा छैन” न्यौपानेले भने ।

रोल्पा पठाउनु समस्याको समाधान नभई झारा टार्ने काम मात्र भएको न्यौपानेको भनाई छ ।  जे होस् मयेर चौधरीले बजार क्षेत्रमा यातायात सञ्चालनमा भएको असहजतालाई क मगर्न गरेको यो निर्णयले सरोकारवालाहरु खुसी भएका छन् । यसरी नै निर्णयहरु कार्यान्वय गर्दै जाने हो भने अवश्यपनि नगर क्षेत्रको स्वरुप फेरीनेमा नगरवासीहरु विश्वस्त छन् ।

प्रकाशित मिति : २०७४ फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया