नेपालले अन्तिम खेल हङकङसँग खेल्दै

फागुन २८, २०७४

काठमाण्डौं,२८ फागुन ।
आइसीसी विश्वकप छनोट अन्र्तगत नेपालले आज आफ्नो अन्तिम खेल हङकङसँग खेल्दैछ । जिम्बावेमा जारी प्रतियोगितामा यसअघिका सबै तिन खेल नेपालले गुमाएको छ । नेपाललाई प्रतियोगिताको सुपर सिक्समा पुग्नको लागि हङकङलाई आज फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ । विजयी मात्रै भएको खण्डमा नेपालले एक दिवसिय क्रिकेट राष्ट्रको मान्यता पाउने सम्भावना भने कायमै छ । त्यसका लागि समुह ए का अन्य खेलको नजिता कुर्नुपर्नेछ ।

आज हङकङसँगको खेलमा सकेको मेहनत गर्ने नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले जानकारी दिनुभयो । यस अघि हङकङ र नेपालबीच भएका १२ खेलमा नेपाल ६ खेलमा विजयी भएको छ भने हङकङ ५ खेलमा विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस