राप्ती अंचल वस समिति फुटको संघारमा

तुलसीपुर, २७ फागुन

राप्ती अंचल सार्वजनिक यातायात वस व्यवसायी समिति फुटको संघारमा पुगेको छ । यातायात व्यवसायी वामदेव खनालको समूले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो संकेत दिएका हो । निर्वाचन पूर्व गरिएको सहमति, राप्ती समितिका वर्तमान अध्यक्ष सुरेश हमालले इमान्दारी पूर्वक कार्यान्वयन नगरेको भन्दै  प्रालीहरुलाई मर्ज गरेर अघि बढ्ने खनालले बताए ।

‘सुरेश हमालालाई अध्यक्ष बनाउने र मलाई बरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको थियो, खनालले भने, ‘ तर सहमति विपरित प्रतिस्पर्धी भरतनाथ योगीलाई हमाल नेतृत्वको समूहले भोट दिएर मलाई हराउने काम गरियो ।’

पत्रकार सम्मेलनमा सहमतिको नाटक मञ्चन गरेर हमालले आफनो नेतृत्वलाई ल्याउन योजना वद्ध तवरले लागेको खनालले बताए । उनले एउटै व्यक्ति लामो समय सम्म बसीरहनुले समितिको पारदर्शिता माथि नै प्रश्न चिन्ह खडा भएको भन्दै व्यवसायीक हकहितका लागि नयाँ शिराबाट अघि बढ्ने बताए । समितिको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका बामदेव खनाल शनिबार भएको निर्वाचनमा भरतनाथ योगी संग पराजित भएका थिए ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया