अज्ञात समूह द्धारा तुलसीपुरमा अटोरिक्सामा आगजनी

तुलसीपुर, २५ फागुन

तुलसीपुुरमा घर अगाडि पार्कीङ गरी राखेको अटो रिक्सामा अज्ञात समूहले आगजनी गरेको छ । गएराति तुलसीपुर उपमहानगरपालिका –६ कपडादेवी स्थित माधव भण्डारीले घरमा पार्कीङ गरि राखेको रा१ह२३७७ नम्बरको अटोरिक्सामा अज्ञात समूहले गरेको आगजनीबाट अटो रिक्सा पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् । आगजनीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७४ फाल्गुन २५ गते शुक्रवार
प्रतिक्रिया