सेरेना मौरीका विषयमा तुलसीपुरमा छलफल

तुलसीपुर,२२ फागुन
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कृषि तथा पशुपालन किसानहरुलाई निर्धक्क संग व्यवसाय गर्न आग्रह गरेका छन् । दाङलाई मौरी उत्पादनको थलोको रुपमा विकास गर्नुपर्ने भन्दै उनले कृषि र पशुपालनलाई व्यवसायीकीकरण गर्नका लागी एक÷एक करोड वजेट विनियोजन गरेको समेत प्रस्ट पारेका छन् ।
असल शासन संरक्षण मन्च दाङले सेरेना मौरीको व्यवस्थापन , प्रर्वद्धन र मुल्य श्रृङखलाका विषयमा व्यवसायी संग गरेको एक दिने गोष्ठिमा बोल्दै नगरप्रमुख पाण्डेले यस्तो बताएका हुन् । साथै उनले मौरी पालन किसानहरुको लागी सुपर जोन कार्यक्रम अन्र्तगत कम्तिमा पाँच हजार मौरीका घार पु¥याउने लक्ष्य रहेको बताएका छन् ।
कृषक र पशु पालनका लागी आफु सकारात्मक भएको बताउदै किसानहरुले उपयुक्त योजना माग गरेमा त्यसको व्यवस्थापन गर्ने बताएका छन् । कार्यक्रममा अन्य बक्ताहरुले दाङ सेरेना मौरीको उपयुक्त क्षेत्र भएकाले यसको विकास र संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । मन्चका अध्यक्ष कमल सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाका संयोजक माधव केसीले कार्यक्रमको वारेमा प्रकास पारेका थिए ।
नेपाल सरकार कृषि विकास मन्त्रालय, राष्ट्रिय कृषि अनुसनधान तथा कोष सिंहदरवार प्लाजा काठमाडौको सहयोगमा कार्यक्रम भएको थियो । सो अवसरमा मौरी पालन महासंघका पुर्व महासचिव विष्णु वली र मौरी पालक तुलसीपुर १ का दामोदर बस्याल लगाएतले बोलेका थिए । कार्यक्रमको सहजीकरण परियोजना सहकर्ता निरास पाण्डेले गरेका थिए ।

 

प्रकाशित मिति : २०७४ फाल्गुन २२ गते मङ्गलवार
प्रतिक्रिया