स्वास्थ्य इकाईमा ताला लगाई स्वास्थ्यकर्मी ब्यपत्ता 

देउखुरी, १२ माघ / दाङको राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाकामा रहेको सामुदायिक स्वास्थ्य इकाई पुस २७ गतेदेखि बन्द भएको छ । सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत एकजना अ.हे.ब, एकजना अ.न.मी. र एकजना कार्यालय सहयोगी पुस २७ गतेदेखि ब्यपत्ता भएपछि स्वास्थ्य चौकी बन्द भएको हो स्थानीय हेमराज गिरिले जानकारी दिए ।
स्वास्थ्य इकाई बन्द हुदाँ नाकाबासीहरूले सामान्य उपचार लिनका लागि जंगलको बाटो प्रयोग गरि भारत जानुपर्ने बाध्यता रहेको स्थानीय गिरिले बताए  ।  गत पुस २७ गतेदेखि गाउँपालिकाले स्थापना गरेको सामुदायिक स्वास्थ्य इकाई बन्द भएको छ । कसैलाई नसोधि एकाएक स्वास्थ्य चौकी बन्द गरेर तीनैजना ब्यपत्ता हुनुभएको स्थानीयले बताए ।
यता राजपुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल रोकायलाई यस विषयमा कुनैपनि जानकारी नभएको बताए ।  ‘पुस महिनामा अ.हे.ब. र अ.न.मि. बाहिर दुईदिन तालिमा जानु भएको थियो । तालिम सकेर पुनः फर्किनुपर्ने हो, स्वास्थ्य प्रमुख रोकायले भने ।’

प्रकाशित मिति : २०७७ माघ १२ गते सोमवार
प्रतिक्रिया