२०७५ बैशाख १०, सोमवार

समाचार

गाई काटेको आरोपमा ३ जना पक्राउ

 ६ घण्टा अगाडि

तेह्रथुम, वैशाख १० ।   तेह्रथुमको छथर गाउँपालिका–६, सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गाई काटेर मासु खान लागेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी ओख्रेले छथर गाउँपालिका–६, का ३० वर्षीय शान्त लिम्बू, ४५ वर्षीय प्रेम लिम्बू र उनका छोरा १६ वर्षीय सुमन लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी

पारिवारिक निजि वनको अध्यक्षमा केसी

 ७ घण्टा अगाडि

तुलसीपुर, १० बैंशाख । पारिवारिक निजि वन संघ नेपाल दाङ शाखाको आज तुलसीपुरमा सम्पन्न भएको प्रथम अधिबेशनले पदम केसीलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको छ । केसीको अध्यक्षतामा १९ सदस्यिय नयाँ कार्यसमिति चयन गरीएकोे छ । जसको उपाध्यक्षमा जया पाण्डे, सचिवमा भिमार्जुन रेग्मी, उपसचिवमा बसन्ता सापकोटा, कोषाध्यक्षमा धन बहादुर केसी चयन

सल्यान प्रहरीद्धारा गाँजाखेती नष्ट

 ८ घण्टा अगाडि

मिना बुढाथोकी, सल्यान १० बैशाख । अबैध गाँजा लाई खेतको डिलमा संरक्षण गरि राखेको बोटहरु नष्ट गरिएको छ । जिल्लाको शारदा नगरपालिकाको रेशमव्युला भन्ने स्थानमा खेतमा पालेर राखेको गाँजा प्रहरीले नष्ट गरेको छ । लागु पदार्थ न्युनिकरण गर्ने तथा जिल्लामा रहेका युवाहरुलाई कुलतबाट जोगाउन लाई प्रहरीले यस्तो कदम चालेको छ

छतबाट खसेर तुलसीपुरका व्यवसायीको मृत्यु

 १७ घण्टा अगाडि

तुलसीपुर, १० बैशाख घरको तेस्रो तलाबाट खसेर तुलसीपुरका एक व्यवसायिको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ स्थित कपडा व्यवसायि बिरबहादुर वलीको रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पसल वन्द भएको छ छैन भनेर तलतिर हेर्ने क्रममा घरको तेस्रो तलाको रेलिङबाट वली खसेको पारिवारीक श्रोतले बताएको

दाङमा एक वृद्धले आत्महत्या गरे, एक पुरुष मृत भेटिए

 १७ घण्टा अगाडि

तुलसीपुर,१० बैशाख । दाङमा एक पुरुष मृत फेला परेका छन । प्युठान सरुमारानी गाँउपालिका निवासि अन्दाजि ४५ बर्षका मोते घर्ति मृत फेला परेका इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । उनि राप्ती गाँउपालिका ३ मसुरीयामा मृत अवस्थामा आज विहान फेला परेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको छ