शिक्षा ऐन संसोधनमा कुनै स्वार्थ छैन : शिक्षा मन्त्री श्रेष्ठ

 

काठमाण्डौं,१४ भदौ । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले नवौ शिक्षा ऐन संसोधनमा कुनै राजनितिक स्वार्थ नरहेको स्पष्ट पार्नुभएको छ । आठौ शिक्षा संसोधन ऐन कार्यान्वयनमा नआउदै सरकारले संसदमा नबौ शिक्षा संसोधन ऐन पेश गरेको भन्दै सरकार समर्थित सांसदहरुले नै बिरोध गरेका थिए ।

राजनितिक आधारमा अस्थाई शिक्षकहरुलाई जोगाउन शिक्षा ऐन संसाधेन गर्न लागेको आरोप सांसदहरुले लगाएपछि शिक्षामन्त्रीले त्यसको खण्डन गर्नुभएको हो । शिक्षामन्त्री श्रेष्ठले अस्थाई शिक्षकहरुको जायज माग सम्बोधनका लागि ऐन संसोधन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले शिक्षा ऐन ससोधन पारित भए अस्थायी शिक्षकले राहात पाउने बताउनुभयो ।

सरकारले अस्थायी शिक्षकलाई पास भए स्थायी जागरि फेल भए सुविधा दिएर पठाउने गरि संसोधन गर्न लागेको छ ।

प्रकाशित मिति : २०७४ भाद्र १४ गते बुधवार
प्रतिक्रिया