खेलकुदमा देशको समृद्धी :अध्यक्ष डाँगी

लक्ष्मण बस्नेत

पुस ५ हरिपौरि दाङ । तुलसिपुर उपमाहानगरपालिका वडा न १२ प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ सनिवार देखी पशुपति मा.बि.हरिपौरि मा सुरु भएको छ । शान्ती युवा क्लब तुलसिपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रम का प्रमुख अतिथी तुलसिपुर वडा न १२ का अध्यक्ष सुर्य बहादुर डागी ( श्याम) ले गरेका हुन । उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी डागी ले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहको बताए  । मावन समाज र अनुशासन को मुख्य मेरुदण्ड खेलकुद हो यसको विकास विना समृद्धी सम्भव छैन अव स्थानिय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ डागीले भने ।

खेलकुद क्षेत्रलाई स्थानिय निकायले हेर्ने दृष्टीकोण अझै साँधुरो छ अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ, खेलकुदको उर्वरभुमी दाङलाई खेलमय बनाउन अपेक्षाकृत लगानीको आवश्यक्ता पर्दछ उनले भने  । आयोजक क्लब का अध्यक्ष कौशिक घर्ती को अध्यक्षतामा भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथी अमर नेपाली ले वडा लाई खेलकुदको गन्तव्यका रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिए ।  वडा सदस्य मान बहादुर के.सि.को स्वागत रहेको कार्यक्रमको संचालन नवीन वलिले गरेका थिए ।

तिन दिन सम्म चल्ने प्रतियोगितामा वडा भित्र स्थापित ८ टोल बिकास सस्थाका टिम को सहभागिता रहेको छ । यसैबिच प्रतियोगिता मा तुलसिपुर १२ लामिडाडा टोल बिकास सस्था कचिली ले बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आयोजक शान्ती युवा क्लब कचिलालाई ट्राईवेकरमा ४ का बिरुद्ध ५ गोल अन्तरले पराजित गर्दै लामिडाडा टोल ले बिजयी सुरुवात गरेको हो । निर्धारित समय सम्म एक/ एक को बराबरी भएपछि खेल टाईवेकरमा गएको थियो।  खेल अवधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री डिएन दहाल, खुम वलि र सुबोध चौधरी रहेका थिए ।

प्रकाशित मिति : २०७६ पुष ५ गते शनिवार
प्रतिक्रिया