कृषि उत्पादन र बजारीकरणका विषयमा छलफल

तुलसीपुर, २३ असार । दाङको तुलसीपुरमा हरियाली उद्यमशिलताको विकास, उत्पादन र बजारीकरणका विषयमा छलफल भएको छ ।
छलफल कार्यक्रममा मूल विउ उत्पादन, व्यवस्थापन, उत्पादन गुणस्तर व्यवस्थापन, विउ निरीक्षण, प्रमाणिकरण, तथा ट्यागिङ गर्ने, विउको प्रशोधन तथा भण्डारण गृहको निर्माण , प्याकेजिङ लेवलिग, ग्रेडिगं तथा बजारिकरणका विषयमा छलफल भएको थियो । साथै सहभागीले आधुनिक खेतिका नामाम लोकल विउ हराउन थालेको भन्दै त्यसलाई जोगाउन पनि लाग्नुपर्ने बताएका थिए ।
ग्रिन फाउण्डेशन नेपाल दाङका अध्यक्ष विष्णु केसीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । सो अवसरमा पारिवारीक निजी वन संघका केन्द्रीय उपाध्यक्ष मेघराज भुसाल, तुलसीपुर उपमहानगरपालिका कृषि शाखा प्रमुख धनराज गौतम, हेपरका प्रेम साम्स्त्रू, ग्रिन फाउण्डेसन दाङका सचिव सुरेश रावत, संगित बस्याल, तिलक साहु, खुमप्रसाद भण्डारी लगाएतले उत्पादन र बजारीकरणमा जोड दिन सकेमा मात्र कृषि पेशालाई व्यवसायीकरण गर्न सकिने बताउनुभएको थियो । कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा ग्रिन फाउण्डेसनको समन्वयमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
प्रतिक्रिया